बलिउड टिकटक स्टार मञ्जुल र अभिनेत्री रिस्ताको म्युजिक भिडियो सार्वजनिक

  • प्रकाशित मिति: बैशाख १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । पछिल्लो समय भारतमा टिकटक हुँदै म्युजिक भिडियोमा चर्चित बनिरहेका मोडल मञ्जुल खट्टर र नेपाली अभिनेत्री रिस्ता बस्नेतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गत फागुनमा पोखरामा छायांकन गरिएको भिडियोलाई जी म्युजिकको युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको हो । नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको ‘साथिया तेरे बिना’ गीतको भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ ।

हिन्दी भाषाकै गीतको छायांकनको लागि नेपाल आइपुग्दा मञ्जुल खुशी देखिन्थे । छायांकन सकिएपछि नेपाल निकै सुन्दर रहेको प्रतिक्रिया मञ्जुलले दिएका थिए । नेपालको सुन्दरताको बारेमा सुनेका मञ्जुल यही गीतको छायांकनको लागि पहिलोपटक नेपाल आएका थिए ।

टिकटकबाट चिनिएका मञ्जुल पछिल्लो समय म्युजिक भिडियोमा उत्तिकै व्यस्त छन् । गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ ।

गीतमा शब्द संजीव पाण्डेको रहेको छ भने संगीत पुनित पाण्डेले दिएका छन् । हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन् भने यसलाई सम्राट शाक्यले निर्देशन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...