कुखुराको भालेलाई गाउँ निकाला

  • प्रकाशित मिति: बैशाख १९, २०७७ / सञ्चारलय
alt

एजेनसी । युरोपेली मुलुक अष्ट्रियाको मार्कस्र्डर्फमा कुखुराको भालेलाई चिच्याएर बासेको आरोपमा गाउँ निकाला गरिएको छ ।

कुखुराको भाले बासेर गाउँलेहरुलाई डिस्टर्ब भएपछि भालेविरुद्ध उजुरी परेको हो । उक्त भालेको आवाजले दिक्क बनाएको भन्दै धेरै गाउँलेहरुले उजुरी गरे पछि गाउँ निकाला गर्ने निर्णय भएको छ ।

भालेहरु पटक–पटक जोडसँग बास्ने मात्र नभै एक आपसमा लडाइँ झगडा गर्दासमेत ठूलो–ठूलो आवाज निकाल्ने भएपछि दुईवटा भालेमध्ये ठूलो आवाज निकाल्ने भालेलाई त्यहाँबाट निकाला गर्ने निर्णय गरिएको हो । कुखुरा पाल्ने ती महिलाले भने उक्त भाले निकै असल स्वभावको रहेको र आवाज मात्रै ठूलो रहेको बताएकी छिन् ।

स्थानीय एउटा विद्यालयले आफ्ना विद्यार्थीहरुलाई देखाउनका लागि भन्दै स्थानीय एक जना महिलाको घरमा पालेर राखेको भालेलाई गाउँ निकाला भएपछि उसका लागि नयाँ वासस्थान खोज्ने प्रक्रिया अघि बढिसकेको छ ।

गाउँ निकाला गरिने भालेका लागि नयाँ घरको खोजी भैरहेको तर अहिलेसम्म कुखुरा पाल्ने मानिस फेला नपरेको बताइएको छ । यदि उक्त कुखुरा पाल्ने मानिस फेला नपरेमा चाहीँ कुखुरालाई बधशालामा पठाइने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...