महिलाको खुलासा मेयर विरुद्ध हातपात गरेको मुद्दा लगाउने भए आफुलाइ उपमेयरले साथ दिने बताएको भनाइ (भिडियो सहित)

  • प्रकाशित मिति: जेठ १, २०७७ / सञ्चारलय
alt

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरी बेला बेला चर्चामा आउने गरेका छन् । वैशाख २२ गते बेलुका मेयर चौधरीले इटहरीको एक महिलाको घरमा गएर होहल्ला गरेको भन्ने अपुष्ट हल्लाले इटहरीमा सनसनी मच्चिएको थियो । चौधरीको उक्त विषयलाई लिएर चौतर्फी आलोचना भए लगतै एक अन्तरवार्तामा मेयरले आफ्नो विषयमा आएका कुरा हल्ला मात्र भएको बताएका थिए ।

उक्त दिन जग्गा बैना गर्ने क्रममा महिलाको घरमा आफू लगायत केही साथीहरूले खाजा मात्र खाएको बताएका थिए । यही विषयलाई लिएर उक्त महिलाले नयाँ कुरा एउटा भिडियो मार्फत खुलासा गरेकी छिन । उनका अनुसार मेयर चौधरीलाई फसाउने सड्यन्त्र रहेको आसंका गर्न सकिन्छ । महिलाका अनुसार हल्ला चलेको भोलि पल्ट केही पत्रकार सहित उपमेयर आफ्नो घर आएको र उपमेयरले मेयरलाई मुद्दा हाल्नु हुन्छ भन्दै सोधेको बताएकी छिन ।

मेयर साथीहरू सहित आउनु भएको र कुनै पनि नराम्रो केही नभएको बताए पछि पनि मुद्दा हाल्ने भए उपमेयर आफैले सहयोग गर्ने बताएको महिलाले भिडिओमा भनेकी छिन । उपमेयर आए पछि आफूलाई मेयर विरुद्ध मुद्दा हाल्न चौतर्फी दबाब आएको उनले बताएकी छिन । यस विषयमा उपमेयर लक्ष्मी गौतमले सञ्चारलयसँग कुरा गर्दै आफूले त्यसो नभनेको बताएकी छिन । बरु गाउँलेले उक्त विषयलाई लिएर अनावश्यक तनाव दिए भने सम्पर्क गर्नु भनी सान्त्वना दिएको बताइन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

५ हजारको लोभले सुनसर ...

बली दिनको लागि भारत लाँदै गरेको आशङ्कामा प्रहरीले सुनसरीकी एक किशोरीलाई उद्धार गरिएको छ, भने तीन जना ...

सत्याग्रहमा बसेका पत ...

इटहरी: सुनसरीका क्रियाशील पत्रकार सुविद गुरागाईँले नागरिक दैनिक विरुद्ध थालेको सत्याग्रहलाई पत्रकार ...

भोजपुरमा आफ्नै बुहार ...

भोजपुर: आफ्नै बुहारीलाई जबरजस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले भोजपुरको पश्च ...

भोजपुर नगरपालिका भित ...

भोजपुर: कोरोना भाइरसको कारण लामो समय देखि बन्द रहेको बिद्यालय असोज १५ देखि सञ्चालन हुने भएको छ । मङ् ...

समकालीन सात कविका यत ...

काठमाण्डौं :समकालीन सात कविका संयुक्त कविता संग्रह ‘यतै कतै’ बजारमा आएको छ । संग्रहमा कव ...

मोरङका ४२, सुनसरीका ...

इटहरी :प्रदेश १ मा बुधबार थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका ४२, ...