क्लिङ्कर आयात रोक्दा उद्योगीदेखि ग्राहकसम्मलाई बेफाइदा

  • प्रकाशित मिति: जेठ ११, २०७७ / सञ्चारलय
alt

विराटनगर । कोरोना कहरका बिचमा पनि निर्माण कार्य जारी राख्ने सरकारको निर्णयसँगै निर्माण जन्य सामाग्रीहरुको माग बढेको छ । सिमेन्टको माग पनि सोहीअनुसार बढीरहेकोछ । तर सिमेन्टको उत्पादनमा भने कमि आएको पाइएको छ ।

नेपाल सिमेन्ट उत्पादनमा आत्म निर्भर छ तर सिमेन्ट उत्पादनको लागि आवश्यक क्लिंकर भने पर्याप्त छैन । एकातिर स्वदेशमा माग अनुसारको क्लिङ्कर उत्खनन् नहुनु र भइरहेको उत्खनन्मा पनि उत्पादन गर्ने उद्योगहरुको कार्टेलिङका कारण अन्य उद्योगहरुलाई समस्या परिरहेको गुनासो उद्योगीहरुले गरेका छन् ।

नेपालमा सिमेन्ट उत्पादन ससहजीकरण र गुणस्तरमा जोड दिन भारतबात आयात हुने क्लिङ्करलाइ यथावत आयात गरी नेपालमा पनि गुणस्तरीय क्लिंकर उत्पादनमा जोड दिनुपर्ने उद्योगीहरुको माग छ ।

नेपालमा उत्पादन हुने क्लिङ्करमा एमजिओ (म्याग्नेसियम अक्साइड) को मात्रा धेरै भएकाले गुणस्तरमा समस्या रहेको उद्योगीहरु बताउँछन् । क्लिङ्करमा एमजिओको मात्रा अधिकतम ४ हुनुपर्नेमा नेपालको क्लिङ्करमा ५ देखि ६ सम्म रहेको पाइन्छ ।

क्लिङ्कर आयातमा रोक लगाएर स्वदेशकै क्लिङ्कर प्रयोग गर्नुपर्ने माग उठिरहेको बेलामा त्यसो गर्न नहुने एउटा समुहको माग छ । रोक लगाइए नेपालमा क्लिङ्कर उत्पादन गर्ने उद्योगको मनोमानी बढ्ने र अन्य उद्योग धराशायी हुने तथा प्रतिष्पर्धामा जान नसक्ने अवस्था सृजना हुने डर छ ।

‘जसले क्लिङ्कर उत्पादन गरिरहेको छ, उनीहरु अरु उद्योगलाई सकेसम्म सामान दिँदैन, दिएपनि बढी मूल्य लिन्छन,’ एक उद्योगी भन्छन्, ‘जसले गर्दा अरु उद्योग धराशायी हुने परिस्थिती उत्पन्न हुन्छ ।’ उनको भनाई छ, ‘त्यसमाथि नेपालमा गुणस्तरीय क्लिङ्कर उत्पादन भइरहेकोछैन ।’

एकातिर गुणस्तरहीन सिमेन्ट उत्पादन हुने र त्यो पनि महँगो पर्ने हुँदा तत्काललाई स्वदेशी क्लिङ्कर मात्र अनिवार्य गर्न नहुनेमा व्यवशायीहरुको जोड छ ।
उद्योगीहरुले नेपालमा खरिद गरिएको क्लिङ्करको मुल्य बराबरकै दोहोरो भन्सार तिर्नु परेकोले पनि समस्या भएको गुनासो गरेका छन् । दोहोरो करप्रणाली खारेज हुनुपर्ने माग हुँदै आएको छ ।

विराटनगर भन्सार कार्यालय हुँदै गत आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १ अर्ब २६ करोड ७१ लाख मूल्यको १ लाख ४० हजार ८ सय २६ टन क्लिङ्करको आयात भएको तथ्यांक छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की