इटहरी । नेपाल कम्युनिस्ट पाटीका युवा नेता तथा सफल सगरमाथा आरोही सुनसरीका मदन चुडालले नेपाल कम्युनिस्ट पाटीको झन्डा २०६९ सालमा सर्वोच्च शिखर सगरमाथामा फहराएका थिए ।
२०६९ सालमा जेठ १३ गते ततकालिन एकीकृत माओवादी केन्द्रका नेता कृष्ण केसी , प्रकाश दाहाल , युवराज दुलाल , सरल सहयात्री , विना मगर , शिवकुमार डाँगी , महेश्वर फुयाँल र मदन चुडाल सहितको टिमले सगरमाथा आरोहण गरेका थिए ।
जस मध्ये सुनसरीबाट शिवकुमार डाँगी र मदन चुडालले सगरमाथाको शिखरमा पुगेर कम्युनिस्ट पाटीको झन्डा फहराएका थिए ।
चुडाल पूर्व माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेतको जिम्मेवारी बहन गरेकाले उनले सगरमाथामा नेपालको राष्ट्रिय झन्डा, कम्युनिस्ट पाटीको झन्डा र आफूले नेतृत्व गरेको विद्यार्थी सङ्गठनको झन्डा समेत फहराएका थिए ।
त्यति बेला सगरमाथा आरोहण गर्नुको मुख्य उद्देश्य देशको संविधान निर्माण र दिगो शान्तिको कामना सहित लुम्बिनी देखि सगरमाथाको धार्मिक र पर्यटकीय स्थलको प्रवर्धन गर्नु रहेको चुडालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्