नगरसभा बहिष्कार गर्दै थलीमा कांग्रेसको प्रदर्शन

  • प्रकाशित मिति: असार ७, २०७७ / सञ्चारलय
alt

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका कार्यालय अगाडि नगरसभा बहिष्कार गर्दै प्रदर्शन गरेका छन्।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले नगर परिषद बहिष्कार गरे भने यसअघि राखेका माग पूरा नभएको भन्दै कांग्रेसले प्रदर्शन गरेको हो।

वडा नम्बर ४ का अध्यक्ष भाइकाजी अधिकारीले भने हामी वडाध्यक्षसहित जनप्रतिनिधिले नगर परिषद बहिष्कार गर्‍यौं । नगरपालिका पुगेर नगर परिषद चलेको हलमा नगई फर्केको हुँ । पार्टीले पनि प्रदर्शन गरेको बताए ।

‘वडा नम्बर २, ४ र ७ मा कांग्रेसले वडाध्यक्ष जितेको थियो।

कांग्रेसले यसअघि २७ बुँदे माग मेयरसमक्ष राखेको थियो। जनताको हितका लागि विभेदरहित हिसावले काम गर्नुपर्नेलगायत माग रहेको अधिकारीले बताए। कांग्रेसले कोरोनाले असर गरेको भन्दै नगरबाट लगाइएका सबै करमा ५० प्रतिशतसम्म छुट दिनुपर्ने माग राखेको थियो।

माग पूरा हुने अवस्था नदेखिएपछि कांग्रेसले संघर्ष समिति नै बनाएर प्रदर्शन गर्दै आएको थियो।

‘कांग्रेसले जनहितमा उठाएका माग सम्बोधन हुने अवस्था नदेखिएपछि प्रदर्शन गर्नुपरेको हो,’ प्रदर्शनमा पुगेका कांग्रेस कार्यकर्ता मनिष सिंखडाले भने। राजनीतिक सहमतिविना नै नगरसभा भएकोले बहिष्कार गर्नुपरेको कांग्रेसले जनाएको छ।

कागेश्वरी मनोहराका कृष्णहरि थापाले नगर परिषद शनिबारदेखि नै सुरू भएको बताए। शिक्षक सरूवा गरेकोजस्ता माग कांग्रेसले उठाएकोले ती मागहरू पूरा गर्न नसकिने मेयर थापाको भनाइ छ।

नगरसभा वडाध्यक्षले बहिष्कार गरेछन् किन हो भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरूले बहिष्कार गर्नुभएको छैन। हामीलाई पनि साथ दिनुभएकै छ, पार्टीको कार्यक्रममा पनि साथ दिनुभएको होला।’

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की