काठमाडौंका राजा, महाराजाले नाकाबाट फर्काइदिन्छन् ‘प्रदेश १ का जनतालाई

  • प्रकाशित मिति: असार ८, २०७७ / सञ्चारलय
alt

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर १ को प्रदेशसभा बैठक अवरूद्ध गरेको छ।

सोमबार बैठक सुरू हुनेबित्तिकै कांग्रेस सांसद उठेर विरोध जनाए। लगत्तै कांग्रेस सचेतक केदार कार्कीले बोल्ने समय पाए।

मुख्यमन्त्रीले संघीय राजधानी काठमाडौं गएका प्रदेश १ का जनतालाई नाकाबाट फर्काइएको भन्दै कार्कीले यसबारे सदनमा जवाफ दिनुपर्ने बताए।

सर्वसाधारण जनतालाई देशको संघीय राजधानी काठमाडौं प्रवेशमा नाकाबन्दीजस्तै गरिएको कार्कीले बताए।

काठमाडौं भन्दा बाहिर बस्ने हामी जनता कुन दर्जाका हौंरु,’ उनले प्रश्न गरे, ‘काठमाडौं गएका हाम्रा जनता काठमाडौंको नाकाबाट फर्काइन्छन्।’

सर्वसाधारणलाई काठमाडौं प्रवेशका लागि अनेकथरि अनुमति पत्र लिने व्यवस्था गरेर झन्झट गराएको कार्कीले बताए।

काठमाडौं हाम्रो राजधानी भन्ने सम्झियौं। तर हाम्रा जनतालाई काठमाडौं छिर्न त्यहाँका राजा, महाराजाहरूको स्वीकृति लिने गरी बन्देज लगाइएको छ,’ उनले भने, ‘तर काठमाडौंबाट प्रदेश १ मा जतिखेर पनि सिडिओको पासमा आउन पाइन्छ।’

‘मुख्यमन्त्री, प्रदेश सरकार जनताले पाएका दुस्खबारे किन धारणा राख्दैनन्,’ उनले भने, ‘जनताबारे किन बोल्न सक्दैनन्। जबसम्म मुख्यमन्त्रीले यसबारे प्रष्ट पार्नुहुन्न तबसम्म सदन चल्न दिनौं।’

उनले बोलिसकेपछि कांग्रेस सांसद उठेर विरोध गरिरहे। सभामुखले संसद बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

पछिल्लो समय गृह मन्त्रालय काठमाडौं आउन यहाँ आफू ठाउँको अनिवार्य स्वीकृति चाहिने र सम्बन्धित दुबै जिल्लाको अनुमति चाहिने नियम लागु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...