सांसद सरिता गिरीसँग पार्टीले सोध्यो स्पष्टीकरण

  • प्रकाशित मिति: असार ९, २०७७ / सञ्चारलय
alt

काठमाडौँ ।नेपालकी समाजवादी पार्टी सांसद सरिता गिरीलाई सरकारले ल्याएको संविधान संशोधनको विरोधमा पार्टीले स्पष्टीकरण सोधेको छ ।

संविधान संशोधनका लागि नयाँ नक्साका आधारमा निशान छाप परिमार्जन गर्न सरकारले दर्ता गराएको विधेयकको विरोधमा उभिएकी सांसद गिरीलाई सात दिनभित्र आफ्नो स्पष्टीकरण दिन पार्टीले निर्देशन दिएको पार्टीका महासचिव रामसहाय यादवले बताए ।

सोमबार सांसद गिरीको विषयमा छलफल गर्न पदाधिकारीको बैठक बसेको थियो । बैठकले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको उनले बताए। उनको स्पष्टीकरण आएपछि कारबाही गर्ने नगर्ने विषयमा पार्टीले थप निर्णय लिने उनले बताए । सरकारले संसदमा दर्ता गराएको विधेयक फिर्ता लिनका लागि सांसद गिरीले संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गराएकी थिइन् ।

तर समाजवादी पार्टीका संसदीय दलले प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । फिर्ता नलिए दलले कारबाही गर्न बाध्य हुने पनि भनेको थियो तर सांसद गिरीले प्रस्ताव फिर्ता लिइनन् । पार्टी तथा संसदीय दलले दिएका निर्देशनविपरीत सांसद गिरीले काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको पार्टीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...