अभिभावकसँग कुनै पनि शुल्क नउठाउन निजी विद्यालयहरुलाइ अनेरास्ववियूको चेतावनी

  • प्रकाशित मिति: असार १०, २०७७ / सञ्चारलय
alt

इटहरी । नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सुनसरीले यो लकडाउनको अवधि भित्र निजी विद्यालयहरुलाइ अभिभावकसँग कुनै पनि शुल्क नलिन आग्रह गरेको छ । बुधवार अनेरास्ववियू सुनसरीले संयोजक जीवी गजल र सह संयोजक बुद्रोस लिम्बुको हस्ताक्षरमा जारी गरेको प्रेस विज्ञप्ति मार्फत अभिभावकसँग शुल्क नउठाउन आग्रह गरेको हो ।


यो सङ्कटको घडीमा निजी विद्ययालयहरुको नेता सङ्गठन प्याब्सन र एन(प्याब्सनले आधिकारिक रूपमा अभिभावकहरूसँग शुल्क मागेकोे भन्दै अनेरास्ववियू सुनसरीले सोही विज्ञप्ति मार्फत शुल्क उठाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । कोरोना भाइरसका कारण सबैको आर्थिक अवस्था कमजोर रहेको भन्दै निजी विद्यालयको गैर जिम्मेवारी पूर्ण व्यवहार प्रति आफूहरू गम्भीर भएको अनेरास्ववियूका सुनसरीका संयोजक जीवी गजलले बताए । आफ्नै मनोमानी गरी निजी विद्यालयले आफूहरूको आग्रहलाई बेवास्ता गरी शुल्क उठाए आन्दोलनमा उत्रिन बाध्य हुने सह संयोजक बुद्रोस लिम्बुले जानकारी दिए ।

aneraswabiyu

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की