स्कोर्पियोको ठक्करबाट तीनको मृत्यु

  • प्रकाशित मिति: असार १२, २०७७ / सञ्चारलय
alt

मोरङ । मोरङमा स्कोर्पियोको ठक्करबाट तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति आठ बजे कानेखोला गाउँपालिका ७ स्थित सडकखण्डमा पथरीबाट इटहरीतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बुको मृत्यु भएको हो।

बा १४ च ९६४३ नम्बरको स्कोर्पियोले मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले जानकारी दिए।

दुर्घटनापछि उनीहरूलाई नोभेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिएपछि उक्त स्कोर्पियोले एक पैदलयात्रीलाई समेत ठक्कर दिएको थियो।

पहिले स्कोर्पियोले मोटरसाइकललाई ठक्कर दियो। त्यसपछि एक महिला पैदलयात्रीलाई पनि ठक्कर दियो,उनले भने,ती महिलाको भने घटनास्थलमै मृत्यु भयो।

उनका अनुसार मृतक महिलाको सनाखत हुन सकेको छैन।

उनीहरूको शव पोष्टमार्टमको लागि कोशी अस्पतालमा लगिएको डिएसपी राईले जानकारी दिए।

स्कोर्पियो चालक इटहरीका महेन्द्रबहादुर थापालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...