रोकी राखेको ट्रकमा ठोक्किदा दुर्घटना , २ जनाको ज्यान गयो

  • प्रकाशित मिति: असार १३, २०७७ / सञ्चारलय
alt

गएराति बुटवल १० रामनगरमा सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ ।

रामनगरमा रोकी राखेको ट्रक ना६ख ६२४ नम्बरको गाडीमा बा१४च ६८७९ नम्बरका छोटा हात्ती गाडी ठोकिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी बुटवल ११ कालिकानगरका २१ वर्षिया सुशील कुँवर र सियारी गाउँपालिका ६ अमुवाका २२ वर्षिया रोशन गुरुङको ज्यान गएको प्रदेश नम्बर पाँच ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । दुवै सवारी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका थिए ।

गुरुङको घटना स्थलमै र कुँवरको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो । छोटा हात्तीका चालक बुटवल ११ का २५ वर्षिया गोपाल दंगाल सामान्य घाइते भएका छन् ।

ट्रक बिग्रिएर बनाउन लाग्दा पछाडिबाट आएको छोटा हात्तीले ट्रकमा ठक्कर दिएको थियो । छोटा हात्तीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान शुरू गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...