आज पनि नेकपा बैठकमा बसेनन् ओली

  • प्रकाशित मिति: असार १३, २०७७ / सञ्चारलय
alt

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी नेकपा को तेस्रो दिनको स्थायी कमिटी बैठकमा केपी शर्मा ओली बसेनन् ।

बालुवाटारमा सुरु भएको तेस्रो दिनको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली एकैछिन सहभागी भएर हिँडेका छन् ।

बैठकमा ‘केपी शर्मा ओली एकै छिन उपस्थीत हुनुभयो, मुख देखाएर हिँड्नुभयो हामी त छक्क पर्यौ’ एक स्थायी समिति सदस्यले बताए ।

ओली दोस्रो दिनको बैठकमा नआएको भन्दै नेताहरुले चर्को आलाचना गर्नुका साथै बैठकस्थल नै सार्न माग गरेका थिए ।

शुक्रबारबाट एजेण्डागत रुपमा छलफल थालिएको नेकपा बैठकमा सीमा समस्याबारे १८ सदस्यहरुले धारणा राखेका थिए । बाँकी सदस्यहरुले आज सोेही विषयमा धारणा राख्नेछन् । प्रत्येक सदस्यलाई बोल्न १० मिनेटको समय तोकिएको छ ।

यसअघि पहिलो दिन बुधबारको बैठकले सातवटा एजेण्डामा छलफल गर्न कार्यसूची तय भएको थियो ।

पहिलो दिनको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्तव्य राखेर स्थगित भएको थियो ।

पहिलो दिनको बैठकमा सम्बोधन गर्दै ओली र प्रचण्डले एकले अर्कोलाई घोचपेच गरेका थिए । अध्यक्षकै सम्बोधन एकअर्काप्रति लक्षित भएपछि अन्य सदस्यहरु समेत धु्रवीकृत हुने देखिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की