डेविस कप अर्का वर्ष

  • प्रकाशित मिति: असार १४, २०७७ / सञ्चारलय
alt

एजेन्सी

म्याड्रिड । कोरोना भाइरस कोभिड–१९ को महामारीका कारण विश्वका प्रतिष्ठित प्रतियोगिता प्रभावित भएका छन् । पछिल्ला केही दिनदेखि खाली स्टेडियममा खेल सुरु हुन थालेका छन् । यसैबीच कोरोना भाइरसको महामारीकै कारण डेविस कप टेनिसको फाइनल प्रतियोगिता स्थगित भएको छ ।

डेविस कपलाई विश्व टेनिसको बल्र्ड कपका रूपमा लिइन्छ । सन् २०२० को नोभेम्बमा डेविस कप टेनिसको फाइनल हुनुपर्ने थियो । तर, महामारीका कारण सन् २०२१ को २२ नोम्बरमा डेविस कपको फाइनल हुने नयाँ मिति सार्वजनिक भएको छ ।

इन्टरनेसनल टेनिस फेडरेसनले शुक्रबार यसको जानकारी दिएको हो । टुर्नामेन्टको भेन्युमा भने कुनै परिवर्तन नभएको फेडरेसनले जनाएको छ । यो म्याड्रिडमै हुने भएको हो । यसमा १८ देशको सहभागिता हुनेछ । २०२० मा टुर्नामेन्टका लागि क्वालिफाइ भएको थियो ।

आईटीएफको एक विज्ञप्तिमा भनिएको छ, ‘प्रतियोगितालाई एक वर्षपछि सार्नु सहज निर्णय होइन । तर, वर्तमान अवस्थालाई ध्यानमा राखेर खेलाडी र स्टेकहोल्डर्सको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरेर अन्तर्राष्ट्रिय महŒवपूर्ण यो प्रतियोगितामा सारिएको हो ।’

आईटीएफले वल्र्ड गु्रप १ का २४ वटा होम एन्ड अवे स्पर्धा र वल्र्ड गुंप २ को ४८ नेसनल टिमबीचको स्पर्धा पनि अर्को वर्षका लागि सारिएको छ । आईटीएफले यस वर्ष महिला फेड कप पनि नगर्ने भएको छ । यो हंगेरीको बुडापैसटमा अर्को वर्षको १३ देखि १८ अप्रिलसम्म हुने भएको छ । २०२० को अप्रिलमा हुनुपर्ने महिला फेड कप एक वर्षपछि धकेलिएको हो ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...