प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ६ जना पक्राउ

  • प्रकाशित मिति: असार १४, २०७७ / सञ्चारलय
alt

काठमाडौं ।डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपलिका १४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका १३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की