चट्याङ लाग्नबाट  बच्ने तरिका

  • प्रकाशित मिति: असार १४, २०७७ / सञ्चारलय
alt

काठमाडौं । चट्याङ्विद् डा. श्रीराम शर्माले चट्याङबाट बच्न सकिने विभिन्न उपायहरु बताएका छन् । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो ।

बर्षेनी चट्याङबाट १ सय ८ जनाको मृत्यु हुने गरेको तथ्याङक भएपनि सावधानीका उपायहरु अपनाउनका लागि जनचेतना फैलाउने काम प्रभावकारी हुन सकेको पाइदैन ।

वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा चर्को आवाजसहित बढी भोल्टको विद्युतीय लहर बनी अचानक हुने विद्युतीय विस्फोटन चै चट्याङ् हो ।

चट्याङ पर्दा कुनै पदार्थ पृथ्वीमा खस्ने नभई ठुलो विद्युतीय तापशक्ति पृथ्वीमा आउने हुँदा जुनसुकै चिजलाई पनि नष्ट गर्न सक्ने क्षमता हुन्छ ।

चट्याङ प्राकृतिक प्रकोप भएकाले रोक्न सकिँदैन तर त्यसबाट बच्ने उपाए भने खोज्न सकिन्छ ।

डा. श्रीराम शर्माका अनुसार यस्ता छन् बच्ने उपायहरु :

१)  वर्षातको बेलामा घर बाहिर भएमा होचो स्थानमा बस्ने, पानी, खोला, रुख, पोखरीमा नबस्ने, विद्युत् लाइन, कम्प्युटर बन्द गर्ने गर्नुपर्छ ।
२)  चट्याङ पर्दा खुला ठाउँमा टाउको र खुट्टा जोडेर बस्नु उत्तम हुन्छ । पानीमा काम गर्न र पौडी खेल्न पनि हुँदैन ।
३)  सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्नुपर्छ ।
४)  पानी परेको वा गर्जिएको बेला घर बाहिर निस्किनु हुँदैन ।
५)  ठूला रुख, विजुलीका तार, पोल तथा ट्रान्समिटरको तल बस्नु हुदैन, विजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्छ ।

डा. शर्माका अनसार सामान्यरुपमा कम्तीमा आठ एमएम रड कुनै भवनको छतको माथि ठड्याई त्यसलाई जमिनसम्म जोडेर राख्ने हो भने पनि घरलाई जोगाउन सकिने चट्याङ्विद् डा.श्रीराम शर्माले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...