सल्यानमा आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

सल्यान । आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको शारदा नगरपालिका–१२ का ३९ वर्षीय एक पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

घरमा कोही नभएको मौका छोपेर पटक पटक ती पुरुषले छोरीलाई बलात्कार गर्ने गरेको प्रहरीले बताएको छ । घर नजिकैबाट उनलाई पक्राउ गरिएको बताइएको छ ।

काठमाण्डौमा आफन्तकोमा बस्दै आइरहेकी बालिका बन्दाबन्दीको समयमा घर आएकी थिइन । वैशाख महिना देखि नै विभिन्न डर त्रास देखाइ करणी गरी रहेको गोप्य सूचनाका आधारमा बाबुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमख ढकेन्द्र खतिवडाले बताउनु भयो ।

पक्राउ परेका व्यक्तिविरुद्ध जबर्जस्ती करणी तथा हाडनाता करणी सम्बन्धि मुद्दा दर्ता गरिएको छ । उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको खतिवडाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की