सिंगापुर रेडक्रसले दियो नेपाल रेडक्रसलाई २ करोड बराबरको स्वास्थ्य सामग्री

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

सिंगापुर रेडक्रससँग आबद्द प्रारम्भ नामक सामाजिक संस्थाले २ करोड मुल्य बराबरका स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीलाई सहयोग गरेको छ।

स्वास्थ्य मन्त्रालय र आनी छोइङ डोल्मा फाउण्डेशनसँगको समन्वयमा संस्थाले सिंगापुर रेडक्रस मार्फत प्राप्त अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल रेडक्रसलाई हस्तान्तरण गरेको हो।

सिंगापुर रेडक्रसकी नेपाल प्रतिनिधि कल्पना क्षेत्री, वरिष्ठ कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले उक्त सामग्री नेपाल रेडक्रसका स्वास्थ्यसेवा निर्देशक विपुल न्यौपानेलाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरित सामग्रीमा ६० हजार सर्जिकल मास्क, १० हजार एन(९५ मास्क र २ हजार ५ सय पीपीइ सेट छन्।

हस्तान्तरणमा आइएफआरसीका लजिस्टिक इन्चार्ज प्रशान्त खड्का, वीर अस्पतालका उपनिर्देशक डाक्टर विपिन खड्का, सामाजिक अभियन्ताहरु नेत्रराज गिरि, जनकराज भारती, मोहनपूर्ण सत्याल लगायतको सहभागिता थियो।

१ करोड ४७ लाख मुल्य परेको उक्त सामग्री ५० लाख रुपैयाँमा चार्टर गरी सिंगापुरबाट उक्त सामग्री नेपाल ल्याइएको प्रारम्भ संस्थाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...