सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ जना घाइते

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

काठमाडौं। सर्लाहीको धनकौल गाउँपालिकामा हिजो बेलुका नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ। झडपका क्रममा गोली चलेको छ। गोलीको छर्रा लागेर केही मानिस घाइते भएका छन्।

सर्लाहीका प्रहरी प्रमुख, एसपी विश्वमणी पोखरेलले गोली चलेको पुष्टि गर्दै कसले गोली चलाएको भन्ने बारे अनुसन्धान भइरहेको बताए। “झडपका क्रममा १८ जना मानिस घाइते भएका छन्”, उनले भने, “केहीलाई गोलीको छर्रा लागेर घाइते भएका हुन्।”

एक साताअघि सर्लाहीको रामनगर गाउँपालिकामा नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो। उक्त घटनाको विरोधमा हिजो विभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो। सोही क्रममा धनकौलमा प्रदर्शनका क्रममा झडप भएको प्रहरीले जनाएको छ।

नेकपा र कांंग्रेसका कार्यकर्ताले गोली एक अर्काले चलाएको आरोप लगाएका छन्। प्रहरीले यसबारे अनुसन्धान शुरू गरेको छ। “हिजो साँझ केही असहज स्थिति बनेको थियो”, एसपी पोखरेलले भने “अहिले स्थिति सामान्य भइसकेको छ।”

तपाईको प्रतिक्रिया दिनुहोस्

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...

सुनसरीमा आफैंले बोके ...

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् । जिल्ला अदालत सुनसरीमा कार्यरत ...