जापानद्वारा दक्षिण कोरियालाई जी ७ को सदस्यता दिने अमेरिकी प्रस्ताव अस्वीकार

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

एजेन्सी । जापानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियालाई विश्वका सात धनी राष्ट्रहरुको समूह जी ७ को सदस्यता दिने प्रस्ताव अस्वीकार गरेको छ।

राष्ट्रपति ट्रम्पले यस वर्षको जी ७ को वार्षिक बैठकमा रसिया, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतलाई पनि निमन्त्रण गरेका छन्।

उनले जी ७ को वर्तमान संरचना पुरानो भइसकेको र यसले विश्वका जल्दाबल्दा समस्यालाई समाधान गर्नेतर्फ असफल हुन लागेको तर्क गर्दै जी ७ को सदस्यता विस्तार गर्न चाहेका छन्।

राष्ट्रपति ट्रम्पको उक्त भनाइ सार्वजनिक भएलगत्तै जापानको उच्च कुटनीतिक तहबाट जापानको धारणा दर्ता गरिएको जापानी समाचार संस्था क्योदोले जनाएको छ।

जापानसँगै दक्षिण कोरिया र भारतलाई जी७ को सदस्यता दिँदा एसियाली मुलुकहरुबाट एकमात्र सदस्य रहेको जापानको शाख गुम्ने जापानी धारणा छ।

जी ७ मा हाल जापान सहित क्यानाडा, फ्रान्स, जर्मनी, इटाली र संयुक्तराज्य अमेरिका तथा युरोपेली युनियन सदस्य छन्।

जी ७ को वार्षिक सम्मेलन यसअघि जुनमा गर्नेगरी निर्णय भए पनि कोरोना भाइरसका कारण उक्त सम्मेलन आगामी सेप्टेम्बरमा गर्ने तय भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

पोखरीमा डुबेर मृत्यु ...

सर्लाही / सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थाम ...

सुन्दरहरैंचामा सुन प ...

इटहरी / सुन्दरहरैंचामा सुन पसल लुट्न खोज्ने हतियारधारी समुहका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ...

तीन दलबाट को को बन्द ...

काठमाडौं / नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाभित्र मन्त्री बन्ने आकांक्षी धेरै भएपछि मन्त्र ...

‘ओलीको अध्यक्ष खानेल ...

काठमाडौं / ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । ...

एमाले फुट्न कति चाहि ...

काठमाडौं / एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन् ...

बढ्दै रेमिट्यान्स ...

काठमाडौं / कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेम ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की