अनुमतिनै नलिइ ‘कोरोनाको औषधि’ बनाएको भन्दै रामदेवसहित पाँच जनाविरूद्ध उजुरी

  • प्रकाशित मिति: असार १५, २०७७ / सञ्चारलय
alt

एजेन्सी । कोरोना भाइरसको आयुर्वेदिक औषधिबारे भ्रम छरेको भन्दै योगगुरू रामदेव बाबासहित पाँच जनाविरूद्ध उजुरी परेको छ।

भारतीय समाचारपत्र द हिन्दुका अनुसार मन्त्रालयसँग अनुमति नै नलिइ औषधि बनाएको र भ्रम छरेको भन्दै उनीसहित पाँच जनाविरूद्ध शनिबार ज्योति नगर प्रहरी कार्यालयमा उजुरी परेको हो।

उनीसहित पतञ्जली आयुर्वेद लिमिटेडका सिइओ बालकृष्ण आचार्य, कर्मचारी अनुराग वार्ष्णेय, बालविरसिंह तोमर र नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्स एण्ड रिसर्च निम्स का अध्यक्ष तथा निर्देशक अनुरागसिंह तोमरविरूद्ध केही नागरिक तथा वकिल बलवीर झाखरले उजुरी दिएका हुन्।

गत मंगलबार रामदेव बाबाको पतञ्जली आयुर्वेद कम्पनीले कोरोनाभाइरसको कोरोनिलु नामक औषधि पत्ता लगाएको दाबी गरेको थियो। तर उनले उक्त औषधि बनाउनका लागि आयुष मन्त्रालयसँग अनुमति नै नलिइ बनाएको खुलेको हो। आयुष मन्त्रालय भारतको आयुर्वेद तथा योग सम्बन्धीको मन्त्रालय हो।

उक्त कम्पनीले औषधि निम्स अस्पतालसँग सहकार्य गरी जयपुरमा परीक्षण गरेको बताएको थियो। रामदेवले कोभिड १९ निको हुन्छ भनेर दाबी गरिएको औषधिको ट्रायलमा २८० बिरामी सहभागी थिए। उनीहरू सबै यो औषधि खाएर निको भएको बताइएको छ।

उजुरी परे पनि उनीहरूलाई प्रहरीले पक्राउ गरिसकेको छैन।

मन्त्रालयले भने उक्त औषधिको प्रचारप्रसार गर्न बन्द गर्न निर्देशन समेत दिएको छ।

यो पनि आफूले बनाएको औषधीले कोरोना निको हुने रामदेवको दाबी

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की