कोरोनाका कारण साफ च्याम्पियनसिप एक वर्ष पछि सर्यो

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

दक्षिण एसियास्तरको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक वर्ष पछि सरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीले सहभागिता जनाउने यस प्रतियोगिताको अर्को संस्करण एक वर्ष सन् २०२१ पछि धकेलिएको हो ।

कोरोनाभाइरसका कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसिप पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । सामान्य अवस्था भए साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।

दक्षिण एसियाली फुटबल महासंघ साफले आफ्ना सदस्य सात राष्ट्रका फुटबल संघका महासचिवसँग सोमबार जुममार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

साफमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य छन् ।

जुममार्फत गरिएको छलफलमा नेपालको तर्फबाट एन्फाका महासचिव इन्द्रमान तुलाधरले बैठकमा भाग लिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की