नेपालको कोरोना परिक्षण राम्रो र प्रभावकारी भएको स्वास्थ्य मन्त्रालयको दाबी

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । सरकारले कोरोना परिक्षणको संख्या दैनिक ७ हजार ५ सय भन्दा माथि पुगेको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले दैनिक रुपमा साढे सात हजारमाथि परिक्षण भइरहेको र केहि दिन भित्रै यो संख्या बढेर १० हजार पुग्ने जनाएको छ ।

पत्रकार ऋषि धमलासँग कुरागर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केहि दिन भित्रै निजि क्षेत्रका स्वास्थ्य संस्थाले पनि परिक्षण सुरु गर्ने भएकाले दैनिक १० हजार माथिको परिक्षण हुने बताएका छन् ।

उनले धेरै जसो भारतबाट आएकामा संक्रमण देखिएकाले क्वारेन्टिनमा राखिएका सवैको चाडो परिक्षण गर्नुपर्ने अवस्था देखिएपनि विदेशमा भन्दा नेपालमा टेस्ट गर्दा प्रतिहजारमा संक्रमितको संख्या कम देखिएकाले नेपालको परिक्षण राम्रो र प्रभावकारी भएको दावी गरे ।

प्रवक्ता गौतमाले भने,‘ हिजोबाट परिक्षणको दर ७ हजार ५ सय पुगेको छ । १० वटा ल्याव थपेका छौँ । निजि अस्पतालले सुरु गरेपछि यो संख्या १० हजार पुग्छ । केहि ठाउँमा मेसिनहरु बिग्रिएकाले समस्या छ । सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण हुन सक्दैन । सवै सचेत हुनुपर्छ । ल्यावको जोखिम भत्ता पठाइ सकेका छौँ र अरु चिकित्सकहरुले पनि असारभित्र भत्ता पाउँछन् ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

यस्तो छ इटहरी सरकारक ...

इटहरी । इटहरी उपमहानगरपालिकाले प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । असार १० गते प्रस्ताव ...

थप ४७३ जनामा कोरोना ...

काठमाडौं । आज थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । । नेपालमा कोरोना भाइरसबाट संक्रमितको क ...

  प्रबन्ध पत्र ...

कम्पनी एन,२०६३ अन्तर्गत संस्थापित (जनमानस संचार प्रा ली)            &n ...

सुनसरीका दुई पुरुषमा ...

सुनसरी । सुनसरीमा आज थप दुई जनामा कोरोना पुष्टि भएको छ । सुनसरीको इनरुवा ३ का दुई पुरुषका दुई जना य ...

रवि ओडको गीत ‘तिमी ब ...

काठमाडौं । नेपाल आइडल विजेता रवि ओड र सम्झना ओलीको स्वर रहेको गीत ‘तिमी बिजी टिकटकमा’ सा ...

सन्तोषको नयाँ फिल्मम ...

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय ग ...