सुनसरीमा आफैंले बोकेको पेस्तोलले गोली हानी हवल्दारले गरे आत्महत्या

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

सुनसरीमा प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैंमाथि गोली हानेका छन् ।

जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका नेपाल प्रहरी हवल्दार ३५ वर्षका खतिवडाले जिल्ला अदालत सुरसरी परिसरमै आफ्नो कञ्चटमा गोली हानेका हुन् ।

दाहिने कञ्चटमा गोली हानी गम्भीर घाइते भएका खतिवडालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। घटनाको कारण भने खुलेको छैन।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...