सन्तोषको नयाँ फिल्ममा पनि प्रदीप

  • प्रकाशित मिति: असार १६, २०७७ / सञ्चारलय
alt

काठमाडौं । पछिल्लो समयका चलेका अभिनेता हुन्, प्रदीप खड्का । उनी वर्षमा एक वा दुई मात्र फिल्म अभिनय गर्दछन् ।

सोही कारणले पनि उनको फिल्मको चर्चा हुने गर्दछ । नेपालमा बक्सअफिस राम्रो कार्यान्वयन नभएको हिट फ्लप भन्न सकिने अवस्था छैन ।

‘प्रेमगीत’फिल्म बाट प्रदीप चर्चामा छाएका हुन् । ‘प्रेमगीत’ पछि यसैको सिक्वेल ‘प्रेमगीत २’ र अहिले ‘प्रेमगीत ३’ अभिनय गरेका प्रदीप फेरि पनि निर्माता सन्तोष सेनकै फिल्ममा देखिने भएका छन्

सन्तोषले अहिले बनाउने तयारी गरेको नयाँ फिल्ममा पनि अभिनेताको रुपमा प्रदीप नै रहने बताइएको छ । फिल्मको कथा ‘प्रेमगीत २’ निर्देशक रामशरण पाठकले लेखिरहेका छन् । निर्देशकको भने पाठक रहने नरहने कुनै टुङ्गो नभएको निर्माता सेनले बताए ।

फिल्म भने कमेडी जनरामा निर्माण हुने छ । जसको छायाँकन लोकेसन हेर्न निर्माता सेन अहिले उपत्यका बाहिर निस्किएका छन् ।

प्रदीप अभिनित फिल्म ‘प्रेमगीत ३’ भने प्रदर्शनको तयारीमा छ । यो फिल्म गतवर्षको चैत २८ मा रिलिज हुने तयारीमा थियो । तर, कोरोनाको कारण सरकारले लकडाउन गरेपछि फिल्म प्रदर्शन हुन सकेन । फिल्म आगामी चैत्रमा रिलिज हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...