वडा कार्यालय निर्माणको लागी वडा अध्यक्षकी आमा द्वारा २२ धुर जग्गा दान, इटहरीका मेयरले गरे सम्मान !

  • प्रकाशित मिति: असार २५, २०७७ / सञ्चारलय
alt

इटहरी । इटहरी उप-महानगरपालिका ८ नम्बर वडा कार्यालय निर्माणको लागी जग्गा दान दिइएको छ । इटहरी वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीकी आमा सविता देवी चौधरीले २२ धुर जग्गा दिएकी छिन । चौधरीले आफ्नो नाममा इटहरी वडा नम्बर ८ सतन माविको दक्षिण पटि रहेको २२ धुर जग्गा दान स्वरूप दिएकी हुन ।

भवन अभावका कारण ८ नम्बर वडा कार्यालय भाडाको घरमा रहदै आएकोले आमा द्वारा स्वर्गीय श्रीमान् सुशील चौधरी र छोरा चेवन चौधरीको स्मृतिमा कार्यालयको लागि जग्गा दान गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।

वडा अध्यक्षको कार्यभार समालेको तीन वर्ष पुगेको उपलक्ष्यमा अध्यक्षकी आमा द्वारा श्रीमान् र छोराको स्मृतिमा जग्गा दान गरी वडाकार्यालमा केक काटेर वार्षिक उत्सव समेत मनाइएको थियो ।
कार्यकालको लागी जग्गा उपलब्ध भएको भन्दै सदस्य खुपराज शर्माले भवन निर्माणका लागी बजेटको व्यवस्था मिलाइदिन नगरप्रमुखलाई आग्रह गरे ।
प्रमुख अतिथि रहेका मेयर द्वारिकलाल चौधरीले वडा कार्यालय चाडै बन्ने भन्दै सधैँ भरी दिएरै खान पुगोस् भनेर धन्यवाद दिएका थिए ।

c65ccb64-9ad2-4666-b49c-79c8a88d4c0b f8f401f4-4de8-41bb-bfe2-0df61208a6ba 209ad8e5-2705-416c-9dc4-6f9b8a91274f 0da751ff-773d-4717-9db5-6da218f51707

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...