द्वन्दपीडितको घर घरमा पुग्दै उप सभामुख

  • प्रकाशित मिति: असार २९, २०७७ / सञ्चारलय
alt

इटहरी । सरस्वती पोखरेल प्रदेश नम्बर १ प्रदेशसभाका उपसभामुख हुन् । उनले सशस्त्र आन्दोलनको मोर्चा सम्हालीन। युद्धका क्रममा उनले सँगैका सहयात्री गुमाइन् ।

सँगै युद्धमा हिडेँकाहरु घाइते भए । कयौँ अपाङ्गता । युद्धमा सँगैका सहयात्रीहरू बेपत्ता भए ।युद्धमा सहिद भएका, घाइते बेपत्ता र अपाङ्गता भएकाहरूको योगदानले नयाँ व्यवस्था आयो । युद्ध पीडितका आफन्तहरूले भने अझै न्याय पाएको महसुस गर्न पाएनन् ।
उनीहरूको आर्थिक आस्था सुध्रिएन । कोरोना कहरमा उनीहरूको अवस्था झन् बिग्रँदै गएको देखेपछि उप सभामुख सरस्वती पोखरेले बन्दाबन्दीको समयलाई महत्त्वपूर्ण अवसरको रूपमा उपयोग गरिन् ।


उनी र प्रदेश सभा सदस्य उमिता बराइलीले बन्दा बन्दीको अवसरमा सहिद, बेपत्ता घाइते र अपाङ्गता भएका द्वन्द पीडितका परिवारहरूसँग घरघरमै पुगेर भेटघाट गरे । कोरोना सङ्कटका बेला द्वन्दपीडितहरुको दुःखसुख बुझ्ने प्रयत्न गरे ।

sarada 1जनयुद्धमा एक मात्र छोरा उत्तम लिम्बुलाई गुमाएका सुनसरी बराह क्षेत्र नगरपालिका महेन्द्रनगरका वेपत्ता परिवार मच्छिन्द्र लिम्बु अहिले वृद्ध भइसकेका छन् । छोरीहरू विवाह गरेर आ–आफ्नो घर गएका छन् । मच्छिन्द्र बिरामी परेका छन् । कमाएर खुवाउने कोही छैन । दुई जना वृद्धवृद्धाको सहारा गुमेको छ ।

न छोराले योगदान गरेको पार्टीले उहाँहरूलाई सहयोग गरेको छ न छोराले आफूलाई बलिदान दिएर ल्याएको व्यवस्थाको लाभ लिएर विभिन्न पदमा पुगेका नेताहरूले नै उनलाई सम्झिएका छन् ।


उपसभामुख पोखरेल त्यहाँ पुग्दा सहिद पिता मच्छिन्द्रले यस्तै गुनासो गरे ‘हामीले गरेको त्याग र बलिदानी खेर जान नदिनु, देश र जनताका लागि झगडा गर्नु तर पद र प्रतिष्ठाका लागि लडेर हामीलाई निराश नबनाउनु ।’ उनले बेलाबेलामा भेट्न आए सुखदुख साट्ने पाउने आशा व्यक्त गरे ।

सहिद ओम ढकालको बुवा छोरोको साहदतको खबर सुन्ने वितिकै बेहोुस भएका थिए उनको उपचार पछि अहिले सम्म उनलाइ पाइप मार्फत खाना खुवाउनु पर्ने स्थिति रहेको । यस्ता गम्भिर विषय ओझेलमा पर्न नहुने भन्दै सरकारसँग छलफल गर्ने बताइन ।


यस अवधिमा उपसभामुख पोखरेल र उमिताले सुनसरी जिल्ला भरिका सहिद, बेपत्ता र इटहरीका घाइते परिवारसँग भेटघाट गरे । सुनसरी जिल्लाका पूर्व कुशाह, इनरुवा, प्रकाशपुर, चकरघट्टी, बराह क्षेत्र, बिष्णुपादुका, धरान, इटहरी आदि ठाउँमा पुगेर सहिद र बेपत्ता परिवारलाई घरघरमै भेट गरे ।
१० वर्षे जनयुद्धमा सहिद भएका सहिद परिवार, मधेश आन्दोलनका सहिद परिवार, बेपत्ता परिवार र कतिपय घाइतेहरूसँग उपसभामुख पोखरेलले भेट गर्दा पीडितहरूले आफ्ना दुःख र चाहनाहरू सुनाए ।


भेटघाटका क्रममा उपसभामुखले सहिद परिवार र उनका सन्तानहरूको जीवनयापनमा समस्या भइरहेको र सहिदको छोराछोरीको पठनपाठनमा कठिनाइ परेको गुनासो सबैभन्दा धेरै सुन्नु परेको थियो ।


सहिद पत्नीहरूले भोग्नु परेको पीडा र सहिद तथा बेपत्ताका वृद्ध मातापिताले खेप्नु परेको समस्या पनि बुझ्ने मौका मिलेको उपसभामुख पोखरेलले बताइन् । ‘सहिदका छोराछोरी र वृद्ध बाबुआमाको अहिले पनि जटिल समस्यासँग जुधिरहेका रहेछन्,’ उपसभामुख पोखरेलले भनिन् ‘ आफ्नो सन्तानले राष्ट्रका लागि बलिदान दिए पनि सरकारले उनीहरूका परिवारको दुःख बुझ्न नसकेको गुनासो उनीहरूको थियो ।’


उपसभामुख पोखरेलका अनुसार सहिद पत्नीहरूले समाजमा झेल्नु परेको विभेद र अन्य समस्याहरू पनि जटिल अवस्थामा रहेको आफूले पाएको भन्दै त्यसलाई समाधान गर्न सरकारसँग छलफल गर्ने बताइन् । उप सभामुखले कतिपय घाइतेहरूसँग पनि भेटघाट गरेकी थिइन् । केही खाद्यान्न वस्तुसहित भेटघाटमा जानुभएका उपसभामुख पोखरेलले यो क्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइन् ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...