यो बर्ष पिण्डेश्वरमा बोलबम मेला नलाग्ने

  • प्रकाशित मिति: श्रावण २, २०७७ / सञ्चारलय
alt साङ्केतिक तस्बिर

धरान । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस वर्ष बोलबम मेला नलाग्ने भएको छ ।शुक्रबार इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, पिण्डेश्वर बाबा धाम समिति धरान–१४ पिण्डेश्वर मन्दिर प्राङ्गणमा बसेको छलफलले कोरोनाका कारण बोल बम मेला नलगाउने निर्णय गरेको हो ।

छलफलमा बोल्दै इलाका प्रशासन कार्यालय धरानका प्रमुख चन्द्रबहादुर कार्कीले भक्तजनहरूको धार्मिक आस्थालाई ठेस नलगाई कोरोनाको जोखिम न्यूनीकरणका लागि यसपटक बोलबम मेला नलगाउने निर्णय भएको बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बोलबम मेला नलगाए पनि भक्तजनहरू आउने सम्भावना धेरै भएकाले सूचना जारी गर्दै साउन महिनाको पहिलो सोमबार भक्तजनहरूलाई सम्झाउने बुझाउने काम गरिने बताए । उनले पनि भक्तजनहरूको धार्मिक आस्थालाई ठेस नपुग्ने गरी कोरोनाको जोखिम न्यूनीकरण गर्न यसपटक बोलबम मेला नलाउने निर्णय भएको बताए ।

वि।सं। २०३९ सालदेखि लगातार धरान–१४ विजयपुरमा रहेको पिण्डे्श्वर मन्दिरमा सप्तकोसीबाट जल ल्याएर चढाउन सुरुवात गरिएको हो । बोलबमको सुरुवात भएदेखि पहिलो पटक सरकारी तथा सम्बन्धित पक्षले बोलबम मेला नलगाउने निर्णय गर्नुपरेको धरान–१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए । उनले धरानका अरू मठ मन्दिरहरूमा पनि भक्तजनहरुलाई नआउन सूचना जारी गर्ने बताए ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय बन्दै बन्धन ...

विराटनगर । नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले उत्पादन गर्ने बन्धन सिमेन्ट लोकप्रिय बन्दै गएको छ । बन् ...

दुई दिनभित्र सार्वजन ...

काठमाडौं – चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन ग ...

राम जन्मभूमि विवादः ...

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमि पर्सा ठोरीमा रहेको भनेपछि एकाएक चर्चा ...

१५ गतेदेखी गाईजात्रा ...

कोभिड–१९’ को त्रास र पीडासंग जुझिरहेका विश्वभरका नेपाली भाषीलाई आशा र उत्साह जगाउने उद्द ...

मौद्रिक नीति सार्वजन ...

बिबिसि । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष् ...

असार मसान्तमा तिर्नु ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार मसान्तमा तिर्नुपर्ने ऋणको साँवा ब्याज व्यवसाय हेरेर ६ महिनादेखि ...