विराटनगर: दिनानुदिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दो छ । सुरुका समयमा कोरोना रिपोर्ट पोजेटिभ हुँदा सुविधा सम्पन्न अस्पताल सम्बन्धित स्थानीय सरकारले लाने गरेका थिए । तर सङ्क्रमणको अवस्था अत्यधिक बढेपछि पछिल्लो समय कोरोना सामान्य अवस्थामा सङ्क्रमितहरू आफ्नै घरमा सजक भएर होम आइसोलेसनमा सुरक्षित बस्ने थालेका छन् ।
आफ्नो घर हुने त सुरक्षित अवस्थामा बसेका छन् तर कोठा भाडामा बस्ने कोरोना सङ्क्रमित व्यक्तिलाई घर धनीले आफ्नै घरमा राखेको कुरा सुन्दा अचम्म लाग्न सक्छ । यस्तो विषम परिस्थिति अवस्थामा त्यो पनि कोठा भाडामा बस्नेलाई छुट्टै कोठा, बाथरुम, शौचालय ? अहिले सबैमा घरबेटीले सङ्क्रमित व्यक्ति प्रति गरेको सम्मानको सुन्ने धेरैले उनको प्रशंसा गरेका छन् ।
मोरङको विराटनगर ३ घर भएका कृष्ण प्रसाद सुवेदीले आफ्नो घरका कोठामा बस्ने कोरोना सङ्क्रमितलाई विगत १० दिन देखि होम आइसोलेसनमा चाहिने अत्यावश्यक सामग्री जुटाएर घरमै बस्न दिएका छन् । अस्पताल तथा अन्य ठाउँमा असुरक्षित रहने भन्दै उनले आफ्नै घरमा राखेका हुन् ।
पछिल्लो दिनमा सङ्क्रमित तथा निको भएर घर फर्कँदा पनि गाउँ/घरबाट बहिस्कार भइरहेको घटना घटिरहेको समयमा घरधनी सुवेदीको सकारात्मक सोचलाई सदैव कदर गरिरहने सङ्क्रमित महिलाका बुवा रमेश पौडेल बताए । कोरोना सङ्क्रमण देखिएकी महिलाको अवस्था सामान्य रहेको छ । उनको १० दिन अघि कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
तपाईको प्रतिक्रिया दिनुहोस्