इटहरी: कोरोना भाइरसका कारण बजार सुनसान रहेको समयमा इटहरी २० तरहराका युवा सामाजिक कार्यमा व्यक्त हुन थालेका छन् ।

लामो समय घर बस्दा अल्छीपन तथा दिन काट्न गाह्रो हुने भएकाले २५/३० जना रहेको युवाहरूको क्लबले मानिसको आउजाउ कम भएको समयमा तरहराका विभिन्न स्थान तथा केही भित्री बाटोमा जेब्रा क्रसिङ, फोहोर फाल्ने डस्टविन राख्ने जस्ता कार्य गरिएको एकता क्लबका अध्यक्ष सुरेश गुरुङले जानकारी दिए ।

दिनप्रतिदिन बढ्दो पोहोर मैलाका कारण विभिन्न रोगले विश्व नै आक्रान्त बनाई रहेको बेला आफ्नो टोल, समाज सफा राख्न विभिन्न कार्य गर्दै आएको क्लबका अध्यक्ष गुरुङको भनाई छ ।

त्यस्तै सोही क्लबले आज (आइतबार) पनि तरहराको एकता मार्गमा १५ वटा फोहोर फाल्ने डस्टबिन राखेको छ ।

tarahara 1 tarahara 2 tarahara 4