इटहरी: मोरङको बुढिगंगास्थित विराट मेडिकल अस्पतालको गम्भीर लापरबाहिले एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

इटहरी–२ की ३२ वर्षीय गंगा दाहालको मृत्यु भएको हो । सामान्य अबस्थामा शनिबार दिउँसो अपस्ताल लगिएकी महिलाको मृत्यु भएपछि अस्पतालमा आफन्तले प्रर्दशन गरेका छन् । उनीहरुले उपचारमा खटिएका डाक्टरले गम्भीर लापरबाहि गरेको भन्दै प्रदर्शन गरेका हुन् ।

शनिबार राती नै विरामीको मृत्यु भएको भएपनि डाक्टरहरुले रातको ११ वजे १० पिण्ड रगत मागेको, ३ वर्ष देखि सटेज रहेको औषधी ल्याउनु नत्र सुत्केरीको मृत्यु हुने बताएको आफन्तले बताए । उनीहरुले सिकारु डाक्टरले बच्चा झिक्दा पाठेघर पनि निकालेकाले मृत्यु भएको बताए ।

आफन्तले अस्पताल प्रशासनमा प्रर्दशन गरेपछि अस्पताल प्रशासन, मावनअधिकारकर्मी र पिडित पक्षको बैठक बसेको थियो । उक्त बैठकमा मृत्यु भएकी महिलाको नवजात शिशु र ३ वर्षकी छोरीलाई जीवनभर निशुल्क स्वाथ्य सेवा अस्पतालले दिने, प्रत्येक वर्ष १२ हजारका दरले २० वर्ष सम्म स्वास्थ्य विमा गरिदिने,सुत्केरीको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले बेहोर्ने सहमति भएको बताइएको छ ।