एजेन्सी । बीबीसीका एंकर शन लेले बुधवार कट्टु लगाएर राति ११ बजेको समाचार भनेका छन् । बुधवार बेलायतमा यस वर्षकै सबभन्दा धेरै गर्मी भएको थियो ।

उनले कोट शर्ट र टाई लगाएको भए पनि टेबलले गोडा छेक्ने भएकाले कट्टु लगाएका थिए । अगाडिको क्यामराबाट नदेखिएपनि साइडको क्यामराबाट चाहिँ उनले कट्टु लगाएको देखिन्छ ।

एक सेकेन्डका लागि क्यामरा साइडबाट देखिएपछि तीखो आँखा भएका दर्शकले लेको नांगो गोडा याद गरेका थिए । त्यतिखेर उनले कोभिडकालको यात्रा नियम र इजरायलको राजनीतिक संकटका विषयमा समाचार भनेका थिए ।

पछि उनले मध्यरातको बुलेटिन भन्दा पनि कट्टु नै लगाएका थिए । त्यतिखेर चाहिँ उनले चश्मा पनि लगाएका थिए ।

शन ले पश्चिम लन्डनमा बस्छन् र उनी बाहिर प्रायः कट्टु नै लगाएर हिँडेको देखिन्छ । उनले अनि बीबीसीले पनि यस विषयमा टिप्पणी गर्न मानेन ।

                                                                                      लोकान्तरबाट

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस्:blob:https://www.thesun.co.uk/944e635b-d9bc-4f67-8a01-8613d7ae167a