एजेन्सी । माइती घर छाड्ने बेला बेहुली धेरै रुदाँ बेहुलीको मृत्यु भएको छ ।

यो घटना भारतको ओडिसा राज्यको हो । ओडिसाको सोनपुरमा स्थानिय मुरली साहुको घरमा आएको जन्तीलाई बिदाई गर्ने क्रममा रुवाबासी हुँदा बेहुली बेहोस भएकी थिइन्।

धेरै रुदाँ रुदाँ बेहुली बेहोस भएर भुईमा लडिन्। त्यसपछि उनलाई स्वास्थ्य चौकी लगियो तर उनी बाच्न सकिनन्। उनको हृदयघात भएको ज्यान गएको डाक्टरले बताएका छन्।

घटनापछि गाउँमा शोकको वातावरण बनेको छ। रिपोर्टअनुसार बिहीबार राती स्वर्गीय मुरलधिर साकी छोरी रोजी साको बिसिकेसन प्रधानसँग विवाह भएको थियो।