एजेन्सी । डिभोर्सका लागि पत्नीले १ करोड रुपैयाँ मागेपछि पतिले आत्महत्या गरेका छन् । यो घटना भारतको मध्यप्रदेश स्थित खरगोनको हो ।

त्यहाँको ४० फिट उचाइको नर्मदा पुलबाट हाम फालेर युवकले आत्महत्या गरेको बताइएको छ ।

आत्महत्या गर्नुपूर्व युवकले भिडियो बनाएर पत्नी र ससुरालीले एक करोड भारतीय रुपैयाँ मागेको आरोप लगाएको बताइएको छ ।

बिहीवार अजय द्विवेदी स्कुटरमा आफ्नो साथीसँगै ओमकारेश्वर गइरहेका थिए । त्यसैबखत नर्मदा पुलबाट उनी हामफालेको बताइएको छ ।

शनिवार उनको शव भेटिएको त्यहाँस्थित प्रहरीले जनाएको छ । प्रहरीले मृतकको स्कुटीको डिक्कीमा सुसाइडड नोट भेटिएको बताएको छ ।