काठमाण्डौ । एमाले अध्यक्ष केपी ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरिएको छ।

पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई एक सय ५१ किलोको मालाले स्वागत गरेका हुन्।

सोही कार्यक्रममा मियाँ माओवादी केन्द्र त्याग गरेर एमाले प्रवेश गरेका छन्।जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए ।