इटहरीः इटहरी ४ हलगडामा ट्रकको ठक्करबाट एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ बर्षीया देवी खड्का रहेकी छिन् ।

आज (शुक्रबार) बिहान १० बजेर ५५ मिनेटमा प्रदेश १–०१०० ख नम्बरको दक्षिणबाट उत्तर जाँदै गरेको ट्रकले इटहरी ४ हलगडा गोर्खा बेकरी अगाडी ६५ बर्षीया बृद्धालाई ठक्कर दिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ ।

देवी कुखुराका चल्ला र चारो बेकेर घर तर्फ आइरहेका बेला दुर्घटनामा परेका हुन्।स्थानीयका अनुसार ट्रकले ठक्कर दिएपछि देवी सडकमा लडेकी थिईन्। त्यसलगत्तै ब्याक गरेर ट्रकले किच्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।

दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले पछाडी सारेर बृद्धाको ज्यान लिने चालकलाई जन्मकैदको फैसला नभएसम्म सडक नखोल्ने भन्दै आन्दोलनमा उत्रिएर सडक जाम गरेका हुन् ।

घटना बारे थप अनुसन्धन भइरहेको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

भिडियो:

Video by Manoj Bhandari