एजेन्सी। विश्वमा पहिलो पटक सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको छ । अमेरिकाका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । वंशानुगत रुपमा परिवर्तन गरेको सुँगुरबाट मुटु प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति हुन् ।

तीन दिन अघि प्रत्यारोपण गरिएका बेनेट जिवितै छन् । उनको अवस्था सुधार भइरहेको जनाइएको छ ।

सात घन्टा लामो सफल शल्यक्रियापछि बेनेटमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

उनीसँग मुटु प्रत्यारोपण गर्नेबाहेक विकल्प थिए । प्रत्यारोपणलाई बेन्नेटको जीवन बचाउने अन्तिम प्रयासका रुपमा लिइएको छ । उनी अब कति समयसम्म बाँच्छन भन्ने केही प्रष्ट गरिएको छैन्।