एजेन्सी । भारतको छत्तिसगढमा एउटा गाईले अनौठो बाच्छो जन्माएको छ, जसका तीनवटा आँखा र चारवटा नाकका प्वाल छन् । छत्तिसगढको राजनन्द गाउँका नीरज चण्डेल नामका किसानले पालेको होलिस्टिन फ्रिजियन नश्लको गाईले त्यस्तो अनौठो बच्चा जन्माएको हो ।

त्रिनेत्र सहितको बाच्छो जन्मिएपछि ठूलो संख्यामा स्थानीय गाउँलेहरु भगवान पशुपतिनाथको अवतार भन्दै बाच्छोको दर्शन गर्न गएका छन् । रातको समयमा गाई ब्याएको हुँदा सुरुमा त अनुहारमा चोट लागेको भन्ने ठानिएछ तर पछि लाइट बालेर हेर्दा निधारमा तेश्रो आँखा र चारवटा नाक भएको थाहा पक्का भएको गाईधनी निरज बताउँछन् ।

उक्त बाच्छो असामान्य देखिएपनि स्वास्थ्य अवस्था राम्रो रहेको र तेश्रो आँखाले पनि राम्रोसँग देखिरहेको उनी बताउँछन् । बाच्छोको जिब्रो सामान्य भन्दा केही लामो भएपनि राम्रैसँग आमाको दुध चुसिरहेको छ ।

स्थानीय गाउँलेहरु उक्त बाच्छो पशुपतिनाथको अवतार लिएर जन्मिएको हुनाले अब गाउँमा सौभाग्य र खुसीयाली छाउने विश्वासमा छन् । उनीहरु गाईको बाच्छोलाई दर्शन गरेर फलफूल, दक्षिणा तथा नरिवल चढाउने गरेका छन् ।स्मरण रहोस् गत मे महिनामा बेलायतको नर्थ वेल्समा पनि यस्तै तिनवटा आँखा भएको बाच्छो जन्मिएको थियो ।