विराटनगर । प्रदेश १ मा ७ वटा मन्त्रालय फुटाएर १३ बनाएको भन्दै नेकपा (एमाले)निकट विद्यार्थी संगठन र युवा संघमा आबद्ध विद्यार्थी–युवाले प्रदेश प्रमुखको कार्यालयअगाडि प्रदर्शन गरेका छन् ।

आज बिहान ११ बजे मन्त्रीहरूको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएपछि विद्यार्थी त्यसको विरोध गर्दै अवरोध गर्न पुगेका हुन् ।प्रदेश १ मा भइरहेको ७ वटा मन्त्रालय फुटाएर १३ वटाबनाइएकोले अनेरास्ववियु र युवा संघ नेपालले सपथ ग्रहण कार्यक्रमको विरोध गरेको हो ।

कोसी राजमार्गको ढाट नजिकैबाट प्रदेश प्रमुखको कार्यालय छिर्ने सहायक सडकमा त्रिपाल ओछ्याएर विद्यार्थी धर्नामा बसेका छन् ।

uml2

uml3