इटहरी /  २७औँ जनयुद्ध दिवस नेकपा माओवादी केन्द्र र पाटीको भातृ सङ्गठन वाइसीयल नेपाल, अखिल क्रान्तिकारी लगायत जनवर्गीय सङ्गठनहरूले आज विशेष कार्यक्रमको आयोजना गरेर मनाएका छन् । २०५२ साल फागुन १ मा तत्कालीन विद्रोही माओवादीले सशस्त्र युद्धको थालनी गरेको थियो ।

२७ वर्षअघि आजकै दिन संविधानसभाबाट संविधान बनाउनुपर्ने, राजतन्त्रको अन्त्य र जनवादी व्यवस्थाको स्थापना गर्ने भन्दै रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमा आक्रमण गरेर माओवादीले नेपालमा सशस्त्र विद्रोहको सुरुवात गरेको थियो ।

५ मङ्सिर २०६३ मा विस्तृत शान्ति सम्झौता गरेपछि सशस्त्र विद्रोह औपचारिक रूपमा अन्त्य भएको थियो । सशस्त्र विद्रोह सुरु भएको दिनलाई माओवादीहरूले जनयुद्ध दिवसका रूपमा मनाउँदै आएका छन् ।

यस अवसरमा सुनसरीमा पनि नेकपा माओवादी केन्द्र र भातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम आयोजना गरी जनयुद्ध दिवस मनाएका छन् ।

आज आयोजित विभिन्न कार्यक्रमको तस्बिरहरू

273695283_3200119356876902_8376188290619184226_n

273861014_2547106478753259_6911636353585752890_n 1 273909750_1421303494952739_2195581267308803206_n 273862583_1421303241619431_6171195310599049118_n 273903255_3116131938634283_8803749257775517578_n 273730158_1421303491619406_7602355632451700456_n 273913301_827777195289615_655747620278192661_n 273541659_733231377654581_2410809750737127714_n 273203567_481805706897385_7260378265134729494_n 273560160_674667433973225_5737961101276636168_n 273513521_325854949477575_1360421630198159613_n 273722573_733231580987894_3949656088427548534_n 273701636_733231484321237_6850379790510533385_n 273362617_434973375030859_3862653509696185235_n 1 273535192_898522627481486_3453130924301548289_n