इटहरी । नेकपा (माओवादी केन्द्र) इटहरीमा गठबन्धनबाट बाहिरिने भएको छ । गठबन्धनको केन्द्रीय निर्णय अनुसार इटहरीमा मेयर काङ्ग्रेस र उप मेयर एकीकृत समाजवादीको भागमा परे पछि माओवादी भित्र असन्तुष्टि पैदा भए भएकाे थियाे  तर आफुहरु गठबन्धन जिताउनु पर्ने केन्द्रीय निति मान्न तयार भएको एक नेताले बताए । उनका अनुसार माओवादीले केही वाडमा चित्त  बुझाउनु पर्ने परिस्थिति मान्न तयार भए पनि  गठबन्धन भित्र काँग्रेसका नेताहरूको दम्भका कारण छलफल अगाडी बढ्न समस्या भएको बताए । एक स्रोतका अनुसार इटहरीमा एमाले र माओवादी बिच तालमेल हुने विषयमा दुवै पाटीको नेतृत्वसँग छलफल भइरहेको छ । माओवादीको तर्फ बाट सबै उमेद्वारको टुङ्गो समेत लगाइसकेको जानकारी दिए । यी हुन इटहरीका मेयर उपमेयर सहित २० वटै वाडका उमेद्वारको तयारी ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि आइतबार गरिने उम्मेदवार मनोनयनका लागि अन्तिम रूप दिइएको इटहरी कमान्ड प्रमुख एवम् सो पार्टीका १ नम्बर प्रदेश उपाध्यक्ष शिवकुमार डाँगीले जानकारी दिए ।उपाध्यक्ष डाँगीले दिएको जानकारी अनुसार इटहरी वडा नम्बर २ मा अध्यक्षमा सोमराज सुवेदीलाई उम्मेदवार बनाइने भएको छ । त्यसै गरी सदस्यको उम्मेदवारहरुमा पारस राई, कमल राना मगर, पवित्रालक्ष्मी खतिवडा, सिता रसाइली रहेका छन् । साथै इटहरीको मुख्य बजार पर्ने ६ नम्बर वडामा शिव खत्री अध्यक्षमा उठ्ने भएका छन् । सदस्यहरूमा नेत्रप्रसाद न्यौपाने, नवीन तामाङ, पुनम थापामगर, सरिता दर्जी उम्मेदवार हुने भएका छन् ।

त्यसै गरी ७ नम्बर वडाको अध्यक्षमा मुकुन्द दाहाल अध्यक्षमा उठ्ने भएका छन् । सदस्यहरूमा देवेन्द्र राई, भीम कठेत, खेदनी थरुनी, बँदियादेवी मुसहर उम्मेदवार हुने भएका छन् ।८ नम्बर वडाको अध्यक्षमा राजकुमार विश्वकर्मा उम्मेदवार भएका छन् । सदस्यहरूमा विनोद चौधरी, गोपाल श्रेष्ठ, लक्ष्मी सुनुवार, संजिता बराइली, रेजिना विश्वकर्मा उम्मेदवार हुने भएका छन् । ९ नम्बर वडाको अध्यक्षको उम्मेदवार नरेन्द्र पौडेललाई बनाइएको पार्टीका इटहरी उपमहानगर इन्चार्ज मदन चुडालले जानकारी दिए । चुडालका अनुसार सदस्यहरूमा अविनाश लिम्बू, चन्द्रकला कटुवाल, जानुका विक, अनिता सुब्बा रहेका छन् ।

त्यसै गरी वडा नम्बर १० मा झमकप्रसाद पराजुलीलाई अध्यक्षमा उठाइने भएको छ । सदस्यहरूमा वरत चौधरी, मिथुन चौधरी, मनकुमारी चौधरी, लक्ष्मी विक र कुमारी विक रहेका छन्  साथै ११ नम्बर वडामा मिलन अधिकारीले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छन् । सदस्यहरूमा भगवती सरदार, प्रमीला चौधरी, महेन्द्र मुसहर, मणिराज त्रिताल रहेका छन् । १३ नम्बर वडामा अध्यक्षमा देवबहादुर चौहान रहेका छन् । सदस्यहरूमा रेवतीप्रसाद प्याकुरेल, त्रिलोचन पौडेल, ममता चौधरी, पुनमाया बिक रहेका छन् ।

१२ नम्बर वडामा सन्तलाल विश्वकर्मा ९दीपक०ले अध्यक्षमा उम्मेदवारी दिने पार्टी निर्णय भएको बताइएको छ । सदस्यहरूमा हेमनारायण चौधरी, कमला दर्जी, शुभलक्ष्मी श्रेष्ठ, लक्ष्मण शर्माले उम्मेदवारी दिने तयारी भएको वडा इन्चार्जसमेत रहेका अध्यक्षका उम्मेदवार दीपक विकले जानकारी दिए ।त्यसै गरी, १४ नम्बर वडामा सत्यनारायण चौधरी अध्यक्षमा उठ्ने भएका छन् । सदस्यहरूमा सचिन चौधरी, विनोद चौधरी, सन्तोषी चौधरी र खेदनी चौधरी उम्मेदवार हुने भएका छन् ।१५ नम्बर वडामा भने असिलाल चौधरीलाई अध्यक्षको उम्मेदवार बनाइने वडा इन्चार्ज प्रदेश कमिटी सदस्य सपना परियार ९सन्ध्या०ले जानकारी दिइन् । सो वडाको सदस्यहरूमा प्रमोद चौधरी, दुर्गा ऋषिदेव, सपना विक, रेखा चौधरी उम्मेदवार रहेका छन् । १६ नम्बर वडामा निमेन्द्र कुमार चौधरी अध्यक्षमा उठ्ने भएका छन् । सदस्यहरूमा बलराम चौधरी, जीवन घिमिरे, कमला सदा, अम्बिका सुब्बा उठ्ने भएका छन् ।

त्यसै गरी १७ नम्बर वडाको अध्यक्षमा राजेन्द्र ओझा उठ्ने भएका छन् । सदस्यहरूमा इस्राफिल हुसेन, संजय कुँवर, राहुल मगर, शोभा पौडेल, विना सदा रहेका छन् ।वडा नम्बर १८ मा हेमन्त राई अध्यक्षमा उठ्ने भएका छन् । सदस्यहरूमा भरत चौधरी, नवीन चौधरी, पलास चौधरी, वेचनी विक उम्मेदवार हुने भएका छन् ।त्यसै गरी वडा नम्बर १९ मा कृष्ण चौलागाईं अध्यक्षमा प्रतिस्पर्धामा उत्रिँदै छन् । सदस्यहरूमा भने सोमनाथ निरौला, रामचन्द्र चौधरी, रेश्मा राई र कमला दर्जीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

वडा नम्बर २० मा भने नवराज मैनाली अध्यक्षको उम्मेदवारी दिएर मैदानमा उत्रिँदै छन् । खगेन्द्र खड्का, चन्द्रबहादुर घिसिङ तामाङ, तिर्थाकुमारी वन र तारा विक रसाइलीले सदस्यहरूमा उम्मेदवारी दिएर निर्वाचनमा भिड्ने मैनालीले बताए ।इटहरीको वडा नम्बर ५ मा भने राजकुमार राई, सेमन्त खनाल, टिका प्रसाईँ, सुरेश सुवेदी, राजकुमार आचार्य अध्यक्षका प्रतिस्पर्धी रहेका छन् । यसमा सहमति हुन बाँकी रहेको बताइएको छ ।

३ नम्बर वडामा पनि अध्यक्षमा गोपाल तामाङ, चन्द्र गोम्देन तामाङ, जगत बहादुर बस्नेत अध्यक्षको प्रतिस्पर्धामा छन् । त्यसै गरी १ नम्बर वडामा शंकर पुरी, मिन मगर, मीनकुमार मगर अध्यक्षको दौडमा रहेका छन् । साथै ४ नम्बर वडामा कवीन्द्र केसी, राम नेम्वाङ्ग, टिका पराजुली अध्यक्षको उम्मेदवार हुने दौडमा छन् । उम्मेदवारको दौडमा रहेका सबैलाई शनिवार माओवादी केन्द्रले इटहरी चौकमा रहेको पार्टी कार्यालयमा बोलाई निर्वाचन सम्बन्धी प्रशिक्षण पनि दिइसकेको छ । अधिवक्ता नीराजन ओझाले उम्मेदवारी दर्ता सम्बन्धित प्रशिक्षण दिएका छन् । कमान्ड इन्चार्ज शिवकुमार डाँगी र उपमहानगर पार्टी कमिटी इन्चार्ज मदन चुडालले गठबन्धन गरेका दलहरू अहिलेसम्म पनि वार्ता र छलफलमा बस्न अनिच्छुक देखिएकोले आफ्नो पार्टीले उम्मेदवारहरुको सेट मिलाएर अघि बढिसकेको बताए । माओवादी केन्द्रले इटहरी उपमहानगरमा मेयर, उपमेयरको सेट बनाउनको लागि प्रदेश स्तरीय छलफल थालिसकेको छ ।