इटहरी । मोरङबाट ७ जना जुवाडे पक्राउ परेका छन् ।मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवाको खालबाट ७ जना जुवाडेलाई नगद सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ग्रामथान–५ का ५४ वर्षीय रूपेशकुमार तामाङ, ४७ वर्षीया सुरेशकुमार थारु, २८ वर्षीय रञ्जित साह, विराटनगर महानगनगरपालिका–४ नम्बर वडाका ४७ वर्षीय सत्यनारायण राजवंशी , झापा मेचीनगर नगरपालिका–६ का ५७ वर्षीय हरिशचन्द्र गिरी, दमक नगरपालिका–२ का ३६ वर्षीय निलम लिम्बू र सुनसरीको धरान उपमहानगरपालिका–६ का ४४ वर्षीय सन्तोष थापा मगर रहेका छन् ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले कौडासहित ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँसहित सातजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।