सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ५ नम्बर वाडमा एहसान अन्सारीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । एहसान अन्सारी २४ बर्सिया युवक हुन । सानै उमेर देखि विद्यार्थी राजनीतिमा लागेका अन्सारी अखिल(क्रान्तिकारी)का एक नम्बर प्रदेश सदस्य हुन ।
 
बर्जूका जनताले हाल सम्म धेरै उमेद्वारलाइ भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ५ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको अन्सारीले बताए । उनका अनुसार ५ नम्बर वाडमा बाटो, सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछाडि रहेको छ । यी यावत समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।
 
एहसान निम्न वर्गमा जन्मिएका युवा हुन चुनावमा पैसा खर्च गर्ने तागत आफूसँग नभएको र जनतामा चेतनाको विकास भएकाले पैसामा कसैले पनि भोट नबेच्ने कुरामा विश्वस्त रहेको बताए । उनी भन्छन् "म जनताको समस्या हल गर्न उठेको हु मलाइ जनता आफैले विजय गराउने छन्" । आफू पैसा खुवाएर चुनाव लड्न नसक्ने समेत बताएका छन् ।