सुनसरीको बर्जू गाउँपालिकामा माओवादीले युवालाई विशेष प्राथमिकता दिएको छ । नेकपा माओवादी केन्द्रले बर्जूको ६ नम्बर वाडमा मो.इमरान मन्सुरीलाई वाडको अध्यक्षको उम्मेदवार बनाएको छ । इमरान २६ बर्सिया युवा हुन । विद्यार्थी राजनीतिबाट राजनीति सुरु गरेका इमरान अखिल(क्रान्तिकारी)का बर्जू गाउँपालिका अध्यक्ष हुन । बर्जूका जनताले हाल सम्म धेरै उम्मेदवारलाई भोट दिएर जिताए पनि बर्जूको विकासमा कसैले चासो नदिएकाले बर्जूको ६ नम्बर वाडको समग्र विकासको निम्ति आफ्नो उम्मेदवारी रहेको मन्सुरीले बताए ।
 
उनका अनुसार ६ नम्बर वाडमा बाटो सिचाइ र कृषकको धेरै समस्या रहेको छ । शिक्षा क्षेत्रमा बर्जू धेरै पछाडि रहेको छ । ६ नम्बर मै रहेको बर्जू तालको स्तर उन्नति र पर्यटन मार्फत वाडको आयस्रोतको विकास गर्ने र यी यावत समस्याको समाधान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । इमरान सामाजिक कार्यमा सक्रिय युवा हुन विभिन्न समस्यामा परेका जनतालाई आवश्यक राहत वितरण गर्दै आएका छन् । उनी भन्छन् म जनताको समस्या हल गर्न र वाडको विकास गर्न उठेको हु मलाइ जनता आफैले विजय गराउने छन् । आफू पैसा खुवाएर चुनाव लड्न नसक्ने सबैको मन जितेर अगाडी बढ्ने बताएका छन् ।