मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साझेदारी, शेयर मार्केट र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । घरमा अतिथिको आगमन हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज धार्मिक यात्राको योग छ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अनावश्यक यात्रा हुने र कार्य सम्पादनमा समस्या आउला । स्वादिष्ट भोजनमा खर्च बढ्नेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । शेयर बजार र वित्तिय संस्थाबाट लाभ मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । व्यापारमा वृद्धि हुनुका साथै कार्य लाभका योग पनि देखिन्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज कीर्तिमानी काम गर्ने समय छ । कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ, तर शेयर बजारबाट नोक्सानी बेहोर्नु पर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज अनावश्यक ठाउँमा धन खर्च होला । यात्रामा मालसामान हराउन सक्छ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज रोकिएको कामको गाँठो फुक्नेछ । विद्याको क्षेत्र सबल रहनेछ । मन्दिरको दर्शनले काम सम्पन्न गर्न थप ऊर्जा र उत्साह मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । नयाँ कामको थालनी र लाभदायी सुखद् यात्राको योग पनि छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहनु होला ।