एजेन्सी । हामीले आजकाल निकै अचम्मका विवाहको खबर सुन्ने गरेका छौँ । यो घटना मेक्सिकोको ओक्साका शहरको एउटा सानो गाउँका मेयरले गोहीसँग विवाह गरेका छन् । उनले विवाहपछि दुलही अर्थात् गोहीलाई चुम्बन पनि गरे ।

यो अचम्मको विवाहको फोटो र भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ ।रोयटर्सका अनुसारस्यान पेड्रो हुआमेलुला गाउँका मेयर विक्टर ह्युगो सोसाले बिहिबार सात वर्षको गोहीसँग विवाह गरे । 

विवाहको अवसरमा गोहीलाई सेतो पोसाकसमेत अन्य रङ्गीन कपडा लगाइयो । मेयर दुलहाले गोहीलाई चुम्बन पनि गरे । यद्यपि, गोहीको मुख बाँधिएको थियो ।