काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।अखिल क्रान्तिकारीको पवन कार्की समूहले हिजो दिउँसो ४ बजे मिनभवन बानेश्वरमा पुतला दहन गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति भण्डारीले ‘संविधान माथि कु’ गरेको भन्दै पुतला दहन गरिएको अखिल क्रान्तिकारीको कार्की समूहका प्रवक्ता उपदेश यादवले बताए ।