एजेन्सी । अमेरिकाको न्यूयोर्कबाट भारतको राजधानी दिल्ली आइरहेको एयर इण्डियाको उडानमा रक्सीले मातेका एक व्यत्तिले वृद्ध महिलाको शरीरमा पिशाब फेरेका छन् । यो घटना एक महिना पुरानो भए पनी हालै मात्र सार्वजनिक भएको हो ।

एयर इण्डियाका एक कर्मचारीका अनुसार न्यूयोर्कको जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट २६ नोभेम्बरका दिन दिल्लीका लागि उडेको विमानमा यो घटना भएको हो ।

घटनाको समयमा ती महिला विमानको बिजनेश क्लासमा थिइन् । घटनाबारेमा एयर इण्डियामा उजुरी परेको छ र उसले छानबिन पनि गरेको छ । छानबिन समितिले ती पुरुष यात्रीलाई विमानमा यात्रा गर्न रोक लगाउनका लागि सिफारिस गरेको छ ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतको नागरिक उड्यन प्राधिकरणले घटनाबारे जानकारी माग्दै दोषिलाई कारबाही गर्ने बताएको छ ।