एजेन्सी । ६८ हजारभन्दा बढीको मेकअप गराएर हुनेवाली एउटी बेहुली बिल नतिरिकन ब्युटी पार्लरबाट भागिन् । दुई सातापछि उनको बिहे थियो र उनी बिहेको तयारीको सिलसिलामा मात्र पार्लर आएकी थिइन् । पार्लरकी मलिक महिलाले बिल नतिरेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले महिलाको खोजी सुरु गरेको छ । प्रहरीले अहिले महिलाको तस्बिर पनि सार्वजनिक गरेको छ ।

डेली स्टारको रिपोर्टका अनुसार यो कुरा बेलायतको योर्क शहरको हो जहाँ शार्लोट ब्रिजेस नामकी महिलाले आफ्नै ब्यूटी सैलुन चलाउँछिन् । शार्लोटले सेप्टेम्बर २८ मा एक महिलाले उनलाई म्यासेज गरेर तत्काल अपोइन्टमेन्ट बुक गरेको बताइन् । उनले आफू विवाह गर्न लागेको भन्दै बोटोक्स र ओठ फिलर गराउन चाहेको दाबी बताइन् ।

शार्लोटले महिलाको ट्रिटमेन्ट सुरु गरिन्, जुन करिब २ घण्टासम्म चल्यो। ट्रिटमेन्टअघि उनले महिलाका केही तस्बिरहरू क्लिक गरेकी थिइन्, ताकि पछि देखाउन सकियोस् कि मेकअप कति सुन्दर भएको छ। तर ट्रिटमेन्टपछि महिला त्यहाँबाट भागेकी थिइन् । उनले एक रुपैया पनि दिइनन् ।

उनीसँगै अर्की केटी पनि थिइन्, जसलाई उसले बहिनी भनेर बोलाइरहेकी थिई । ब्यूटी सैलुनकी सञ्चालक शार्लोटका अनुसार केटीले बाहिर निस्कँदा आफू र बहिनीको मेकअपको पैसा तिर्न कारबाट झोला ल्याउन जान लागेको बताएकी थिइन् । तर उनी फर्किइनन् । केही समयपछि उनकी बहिनी उनलाई हेर्ने बहानामा पार्किङमा गइन् र दुवै जना त्यहाँबाट भागे ।

शार्लोट भन्छिन् कि यो सबै देखेर म छक्क परें। ती दुवै महिलाको करिब ४५० पाउण्ड बिल आयो तर नदिई भागे । मैले मेरो जीवनमा यस्तो कहिल्यै देखेको छैन। यस्तो व्यवहार ग्राहकहरुबाट अपेक्षा गरिएको थिएन।यस घटनापछि शार्लोटले नर्थ योर्कशायर प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीले आरोपित युवतीको खोजी सुरु गरेको छ । अघिल्लो दिन प्रहरीले युवतीको पहिचान भइसकेको बताए पनि सोधपुछ वा हिरासतमा लिइएको भने प्रहरीले जनाएको छैन ।