एजेन्सी । एक महिलाले श्रीमानसँग बस्नका लागि अनौठो सर्त अगाडि सारेकी छिन् ।श्रीमानले आमा र बहिनीको नम्बर ब्लक गरेपछि मात्रै उनीसँग बस्न तयार महिला राजी भएकी हुन् । श्रीमान चार महिनासम्म बहिनीको घरमा पनि जान नपाउने भएका छन् ।

भारत, उत्तर प्रदेशमा रहेको मुरादाबादको महिला उत्थान केन्द्रमा परामर्शपछि दुवै पक्षबीच सहमति भएको हो । त्यसपछि ती महिला आफ्नो श्रीमानसँग घर गएकी हुन् ।

माझोलाको करुला निवासी एक महिलाले एसएसपी कार्यालयमा निवेदन दिएकी थिइन्, जसमा आठ वर्षअघि फर्ममा काम गर्ने युवकसँग विवाह गरेको कुरा उल्लेख छ । श्रीमान् श्रीमती छोराछोरीसहित भाडाको घरमा बस्छन् ।