विराटनगर । मोरङमा बिबाह भोज खाएका एक जनाको घाँटीमा हड्डी अड्किएपछि मृत्यु भएको छ ।  मृत्यु हुर्नेमा उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमाल रहेका छन् । 

उर्लाबारी १ का वडासदस्य गौरीशंकर दाहालका अनुसार धिमाल हिजो छिमेकीको घरमा भोज खान गएका थिए ।भोज खाने क्रममा घाँटीमा हड्डी अड्किएको थियो । 

हड्डी अड्किएपछि नजिकैको मेडिकलमा लैजाँदै गर्दा बाटोमै धिमालको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।